जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत चारजना कर्मचारीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएपछि कार्यालयका काम बन्द भएको छ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कार्यालयका चारजनामा कोरोना पोजिटिभ देखिएपछि बुधबारदेखि प्रशासनबाट हुने अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो।
‘बुधबारबाट लागू हुने गरी शान्ति सुरक्षा, ठाडो निवेदन, उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनबाहेकका सेवा स्थगित गरिएको छ भने विशेष परिस्थितिमा आइपरेमा मात्रै नयाँ सूचना जारी गरी सेवा सुचारु गरिनेछ,’ दाहालले भने।