
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ४ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७७ हजार २सय ७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ भने ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा छन्।