नेपाल र भारतबीचको सम्बन्धलाई विशेष र विशिष्ठ भन्ने गरिन्छ। खुला सीमाना, स्वतन्त्र आवागमन, समान संस्कृति, धर्म र सभ्यतालाई त्यसका आधारमा रुपमा प्रस्तुत गरिन्छ। स्वभाविकै हो, यती धेरै समानता भएका दुई मुलुकका नागरिक निर्वाध र भयरहित रुपमा सीमा वारपार हुने...
नेकपा एमाले बिभाजन गर्न २० प्रतिशत तोकेर शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारले ल्याएको अध्यादेशले कांग्रेसभित्रै चर्काे आलोचना भएको छ । देउवा सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने काम आपत्तिजनक भन्दै...
नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमसिसीबारे सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन्। बुटवलमा प्रेस चौतारी रूपन्देहीले गरेको कार्यक्रममा बोल्दै उनले सरकारले एमसिसीबारे प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।
सरकारमा सहभागी दलहरूकै बिचमा फरक फरक विचार आइरहेकाले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने...
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह घोषित भएकी छन्। उनी अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय आइतबार नै सुनाएका भए पनि...
नेकपा एमाले सिन्धुलीको ७० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । यो समाचार तयार पार्दा सम्म ७० वटा वडामा अधिवेसन सकिएको छ भने ९ वटा वडामा बाँकी रहेको छ ।
नेतृत्व चयन गर्न बाँकी रहेका कमलामाई नगरपालिकाको १०, १४, दुधौली नगरपालिकाको १२,...
नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो ।
यी हुन निर्बिरोध निर्वाचित...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारी अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारी राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्रमा...
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्।
मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी दिएका छन्। मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोलि) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन्।
मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले बैठकका क्रममा पार्टी सभापति तथा...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसीमा नेपाली जनता विभाजित भइरहेका अवस्थामा राष्ट्रिय सहमति कायम गर्ने गरी नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताएका छन्।
प्रतिनिधिसभा बैठकमा आइतबार आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले संसदले गर्ने हरेक निर्णय ठीक नहुने पनि बताए।...












