नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह घोषित भएकी छन्। उनी अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय आइतबार नै सुनाएका भए पनि उनी अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा भने अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमार्फत सोमबार गरिएको हो।
सिंहलाई अध्यक्ष घोषणा गर्ने क्रममा क्रममा दुई समूहबीच केहीबेर घम्साघम्सीसमेत परेको थियो। विधानअनुसार १९९ सदस्यीय कमिटी घोषणा गर्नुपर्नेमा ३९९ सदस्यीय घोषणा गर्न लागेपछि दुई पक्षबीच विवाद भएको हो। महासचिवमा दिपेश पुनलाई घोषणा गरेपछि अर्को पक्षले विरोध गरेको थियो।
सिंहलाई अध्यक्ष बनाउनुअघि प्रचण्डले अखिल क्रान्तिकारीका नेताहरुसँग छलफल गरेका थिए। सोही छलफलपछि सिंहलाई अध्यक्ष बनाउने सुनाइएको थियो।
प्रचण्डबिरुद्ध मैदानमै उत्रिए नारायणकाजी
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई कडा दनक दिनुभएको छ । आफ्नो निवासमा बोलाएर अनेरास्वबिूय क्रान्तिकारीका अध्यक्षका दावेदार सवै नेतालाई प्रचण्डले पार्टी केन्द्रीय कमिटीमा मनोनीत गरेको घोषणा गरेको भोलिपल्ट नेता श्रेष्ठले बिधि र बिधान भन्दा बाहिर गएर कोही पनि केन्द्रीय सदस्य हुन नसक्ने र भन्दै कडा दनक दिनुभएको हो ।
प्रचण्डले आइतवार अध्यक्षका दावेदार बिद्यार्थी नेताहरुलाई हिडदा हिडदै केन्द्रीय सदस्य हुनुभयो भनेर पठाउनु भएको थियो । तर श्रेष्ठले पार्टी केन्द्रीय समितिमा कसैलाई पनि नथपिएको बताउनुभयो । बुद्धिजीवी संगठनको भेलामा नेता श्रेष्ठले भन्नुभयो, ‘यी सव वाइहात कुरा हो, कोही थपिएको छैन । ’ पार्टी केन्द्रीय समितिमा चयन गर्ने निश्चित विधि रहेको उल्लेख गर्दै उहाँले अनावश्यक भ्रम नछर्न पनि आग्रह गर्नुभयो ।
‘पार्टी केन्द्रीय समितिमा चयन हुने निश्चित विधि छ। त्यसै कोही केन्द्रीय समितिमा थपिन्न। यसको आफ्नै विधि छ । अनावश्यक भ्रम नछरौं,’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठले विद्यार्थी नेतालाई केन्द्रीय समितिमा थपेको समाचार गलत रहेको उहाँो भनाई थियो ।