नेकपा एमाले बिभाजन गर्न २० प्रतिशत तोकेर शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारले ल्याएको अध्यादेशले कांग्रेसभित्रै चर्काे आलोचना भएको छ । देउवा सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने काम आपत्तिजनक भन्दै कडा प्रतिवाद गर्नुभएको छ ।
ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही अध्यादेश ल्याउने ? भन्दै कोइरालाले कडा प्रश्नसमेत गर्नुभयो । ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा कांग्रेसले विरोध गर्यो तर अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही गल्ती दोहोर्याउन मिल्छ ?’ कोइरालाको भनाई छ । चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार नभएको पनि कोइरालाले बताउनु भयो । ‘सरकारले संसद्लाई बलियो बनाएर अघि बढ्नुपर्ने अवस्थामा हठात् संसद् अन्त्य गरेर अध्यादेशमार्फत देश चलाउनु आवश्यक छ ?,’ उहाँले भन्नुभयो ।
सरकारले आफ्नो सुविधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र कमजोर हुने नेता कोइरालाको भनाइ थियो । सरकारले अध्यादेश ल्याएर यसअघिका सरकारले गरेको गल्तीलाई नै निरन्तरता दिएको उहाँले बताउनुभयो । हालै लामो समय पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्दा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेशको बारेमा कुनै चर्चा नगरेको उहाँले बताउनुभयो । पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउनु उचित नभएको उहाँको भनाइ थि











