सिन्धुलीमा ७० वडामा एमालेको अधिवेशन सम्पन्न, ९ वटा वडामा सहमति जुटाउने प्रयास जारी

नेकपा एमाले सिन्धुलीको ७० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । यो समाचार तयार पार्दा सम्म ७० वटा वडामा अधिवेसन सकिएको छ भने ९ वटा वडामा बाँकी रहेको छ ।

नेतृत्व चयन गर्न बाँकी रहेका कमलामाई नगरपालिकाको १०, १४, दुधौली नगरपालिकाको १२, गोलन्जोर गाउँपालिकाको २, हरिहरपुरगढी गाउँपालिकाको ६, ७ र ८ र मरिण गाउँपालिकाको १ नं वडा र फिक्कल गाउँपालिकाको वडा नं. ३ मा सहमति जुटाउने प्रयास जारी रहेको छ । वडा अध्यक्षमा आकांक्षी एक भन्दा बढी भएकाले सहमति हुन नसकेको हो । नेतृत्व चयन गर्न बाकी रहेका वडाहरुमा पनि सहमतिमै नेतृत्व चयन हुने एमाले उपसचिव महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकाका १४ वटा वडा मध्य १२ वटा वडामा अधिवेसन आजै सम्पन्न भएको छ । वडा नं. १ मा दिपक थापा, वडा नं. २ मा मंगलसिं स्याङतान, वडा नं. ३ मा गणेश गौतम, वडा नं. ४ मा देवानन्द श्रेष्ठ, वडा नं. ५ मा चुणमणि श्रेष्ठ, वडा नं. ६ मा घनश्याम देवकोटा, वडा नं. ७ मा सम्बु बल, वडा नं. ८ मा चन्द्र बहादुर मोक्तान, वडा नं. ९ मा जंग बहादुर तामाङ, वडा नं. ११ मा सुवर्ण कार्की, वडा नं. १२ मा नरेश दाहाल, वडा नं. १३ मा खिकराज देवकोटा अध्यक्षमा चयन हुनु भएको जिल्ला कमिटिका उपसचिब महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो । वडा नं. १० र १४ मा नेतृत्व चयन गर्न बाँकी रहेको र भोलि चयन गरिने उहाँको भनाई रहेको छ ।
दुधौली नगरपालिकामा १३ वटा वडामा अधिवेसन सम्पन्न भएको छ । अधिवेसनबाट वडा नं १ मा डिल्लि बहादुर भुजेल, वडा नं. २ मा निश्चल भुजेल, वडा नं. ३ मा राम बहादुर श्रेष्ठ, वडा नं. ४ मा टेक बहादुर आले, वडा नं. ५ मा दिल बहादुर मगर, वडा नं. ६ मा बुधिया कुबर, वडा नं. ७ मा अमेश कार्की, वडा नंं ८ मा सुरत बहादुर कार्की, वडा नं. ९ मा देवप्रसाद अधिकारी दनुवार, वडा नं. १० मा कृष्ण बहादुर खत्री, वडा नं. ११ मा धुर्मु कुमार दनुवार, वडा नं. १३ मा श्याम खड्का, वडा नं. १४ मा बल बहादुर कटुवाल अध्यक्षमा चयन हुनु भएको नेकपा एमाले जिल्ला इन्चार्ज विशमलाल अधिकारीले जानकारी दिनुभयो । वडा नं. १२ मा नेतृत्व चयन गर्न बाँकी रहेको र भोलि नेतृत्व चयन गरिने जानकारी दिनुभयो ।
तीनपाटन गाउँपालिकाका ११ वटै वडाम अधिवेसन सकिएको छ । सम्पन्न भएको अधिवेसनबाट वडा नं. १ मा कुमार सत्याल, वडा नं. २ मा भुवन श्रेष्ठ, वडा नं. ३ मा कविन्द्र गौतम, वडा नं. ५ मा भुपाल तामाङ्ग, वडा नं. ६ मा युक्तबहादुर थापा, वडा नं. ९ मा कमल पोख्रेल, वडा नं. १० मा टोम बहादुर बस्नेत र वडा नं ११ मा मयनाथ पहाडी अध्यक्षमा चयन हुनु भएको छ ।
यस्तै फिक्कल गाउँपालिकाको वडा नं. १ मा महोन मगर, वडा नं. २ मा केदार पहाडी, वडा नं. ४ गोपाल भुजेल, वडा नं. ५ मा शिवनाथ पहाडी र वडा नं. ६ मा कुलेन्द्र रानामगर अध्यक्षमा चयन हुनु भएको फिक्कल गाउँकमिटिका अध्यक्ष रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गोलन्जोर गाउँपालिकामा ६ वटा वडामा अधिवेशन सकिएको छ भने वडा नं २ मा वडा अधिवेशन हुन बाँकी रहेको छ । वडा नं. १ मा केदार पहाडी, वडा नं. ३ मा दिपक थापा, वडा नं. ४ मा लालबहादुुर श्रेष्ठ, वडा नं. ५ मा निर्मल रम्तेल, वडा नंं ६ मा विश्वलाल श्रेष्ठ र वडा नं. ७ मा श्रीकृष्ण देवकोटाको अध्यक्षतामा वडा कमिटि गठन गरिएको छ ।
यस्तै सुनकोसी गाउँपालिकाको सवै वडामा अधिवेसन सकिएको छ । वडा नं. १ मा विनोद कोइराला, वडा नं. २ मा दिवाकर गुर्मछान, वडा नं. ३ मा दिनेश आरन, वडा नंं ४ मा अमर तामाङ, वडा नंं ५ मा रत्न थापा, वडा नंं ६ मा रमेश दर्लामी र वडा नं ७ मा लोक बहादुर कार्की अध्यक्षमा चयन हुनु भएको छ ।
घ्याङलेख गाउँपालिकामा पनि सवै वडामा अधिवेशन सकिएको छ । वडा नं. १ मा गोपिलाल भोलन, वडा नं. २ मा डिल्लिराम सुनुवार, वडा नं. ३ मा रमेश स्याङतान अध्यक्षमा चयन हुनु भएको छ ।
हरिहरपुरगढी गाउँपालिकामा ६, ७ र ८ नं. वडा बाहेक सवै वडामा अधिवेशन सकिएको जिल्ला सचिव शान्तिमान कार्कीले जानकारी दिनुभयो । मरिण गाउँपालिका वडा नं १ बाहेक अन्य वडामा अधिवेसन सकिएको छ । उहाँका अनुसार वडा नं. २ मा विमल विक, वडा नं. ३ मा राम बहादुर बम्जन, वडा नं. ४ मा तेज बहादुर कालतान, वडा नं. ५ मा ऐमान बम्जन, वडा नं. ६ मा विकुलाल बाइवा र वडा नं. ७ मा शिवलाल माझी अध्यक्षमा चयन हुनु भएको छ ।

May be an image of 6 people, people sitting and people standing
May be an image of 6 people, including Nabraj Karki, people sitting and people standing
May be an image of 6 people, people standing and outdoors
May be an image of 11 people and people standing
No description available.
गोलन्जोर गाउँपालिका वडा नंं १ निर्विरोधपछि सामुहिक फोटो खिचाउँदै । फोटोः उज्वल न्यौपाने
May be an image of one or more people, people standing and outdoors
May be an image of 11 people, people standing and outdoors
मरिण गाउँपालिका वडा नंं ५ को वडाअधिवेशन पछि सर्वसम्मत रुपमा कमिटी चयन भएको छ । कार्यक्रम पछि सामुहिक फोटो खिचाउँदै ।
May be an image of 11 people, people sitting and people standing

कमलामाई नगरपालिका वडा नंं १० को वडाअधिवेशन पछि सर्वसम्मत रुपमा कमिटी चयन भएको छ ।