नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ११ को भीरगाउँमा वडाभेलाले सोमवहादुर स्याङतानको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । एमालेको केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा टोल कमिटी गठन गरिएको हो ।
कार्यक्रमलाई वाग्मती प्रदेशसभा सदस्य बिनोद...
नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ४ को वडाभेला आज सकिएको छ । वडा पार्टी अध्यक्ष देवानन्द श्रेष्ठको अध्यक्षता एवम् एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल कमिटीसमेत गठन गरिएको छ ।
भुवन वहादुर श्रेष्ठ अध्यक्ष...
दुधौली नगरपालिका वडा नं. १० का नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित वडा सदस्य सिता बैजुसहित २ सय कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेकाछन् । एमाले दुधौली नगरकमिटी वडा नं. १० द्धारा आयोजित बैठक तथा भेलामा वडा सदस्य बैजुसहित माओवादी केन्द्र...
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ।
आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो। निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर...
कमलामाई नगरपालिकाले नगर क्षेत्रको मुख्य बजार एरियामा विहान ९ बजेबाट बेलुका साढे ४ बजे सम्म मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ । नगरक्षेत्र भित्र सवारी साधन ब्यवस्थापन गर्न भदै ३० गते नगर प्रमुखको अध्यक्षतामा बसेको वैठकको निणर्य अनुसार...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा सुरु भएको छ। नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा सुरु भएको हो।
बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार नै बन्दीपुर आइपुगेका थिए।...
पछिल्लो २४ घन्टामा देशभरिमा १,५११ जना कोरोना संक्रमित थपिएका छन्।
११,२०८ जनामा गरिएको पिसिआर परीक्षणबाट १,१६५ र ३,९७१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८१,९८९ जनामा र...
एमाले उपाध्यक्ष डा. भीम रावलले माधवकुमार नेपालको पछि लाग्नेहरु सकिने घोषणा गर्नुभएको छ । गृहजिल्ला अछाममा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष रावलले माधवले आफ्नो ब्यक्तिगत स्वार्थका लागि पार्टी फुटाएर गएकोले केही समयपछि नै समाप्त हुने ठोकुवा...
नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएको जनाएको छ।
कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ। यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै ५७...
नेकपा एमाले सिन्धुलीमा समानान्तर कमिटीहरुलाई समायोजन गर्ने जिम्मा दिएको कार्यदलमा यो समाचार तयार पार्दासम्म कुनै ठोस सहमति जुटेको छैन । तत्कालिन माधव नेपाल समूहका नाममा सिन्धुलीमा बनेको जिल्ला कमिटी र जनवर्गीय संगठनहरुको समानान्तर कमिटीका नामावलीहरु कार्यदल समक्ष प्रस्तुत भइसकेपनि...












