भीरगाउँमा एमालेको टोल कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ११ को भीरगाउँमा वडाभेलाले सोमवहादुर स्याङतानको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । एमालेको केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा टोल कमिटी गठन गरिएको हो ।

No description available.

कार्यक्रमलाई वाग्मती प्रदेशसभा सदस्य बिनोद खड्का, एमाले बाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री, उपसचिव एवम् नगरकमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठ सचिवालय सदस्य एवम् कमलामाई नगरपालिकाका प्रवक्ता कर्ण घिसिंग, जिल्ला कमिटी सदस्य गंगा कार्की, कमलामाई ११ का वडाध्यक्ष रामवहादुर थिङले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।

No description available.

नवगठित टोल कमिटीको उपाध्यक्षमा शिवमायाँ बस्नेत, सचिवमा बुद्धिमान दिम्दोङ, सहसचिव शान्ता कुँवर र सदस्यहरुमा प्रेमवहादुर खड्का, जितवहादुर घलान, निरवहादुर थिङ, तिर्थवहादुर घलान, ज्ञानवहादुर थिङ, अभिषेक बम्जन, भुपाल मगर, नेत्र ठाडा, दिपक पौडेललगायत ३० सदस्यीय कमिटी गठन भएको छ । नव गठित कमिटीका पदाधिकारीहरुलाई अविर लगाएर बधाई दिइएको थियो ।