दुधौली नगरपालिका वडा नं. १० का नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित वडा सदस्य सिता बैजुसहित २ सय कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेकाछन् । एमाले दुधौली नगरकमिटी वडा नं. १० द्धारा आयोजित बैठक तथा भेलामा वडा सदस्य बैजुसहित माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु ठूलो संख्यामा एमालेमा प्रवेश गरेका हुन् । सिन्धुली जिल्लामा एमाओवादीबाट एमालेमा प्रवेश गर्ने एमाओवादीको यो ठूलो समूह हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारले एमालेले विगतमा राष्ट्रियता र जनतन्त्रका विषयमा जनप्रिय काम गरेकाले अहिले सबैको आकर्षणको केन्द्र बनिरहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी दनुवार, वाग्मती प्रदेश कमिटी सदस्य डम्बर कार्की र जिल्ला सेक्रेटरी शान्तिमान कार्कीले नव प्रवेशीहरुलाई अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।
यसरी प्रवेश गर्नेहरुमा एमाओवादीबाट निर्वाचित वडा सदस्यसँगै प्रेमवहादुर सुनुवार, दिपेन्द्र कार्की, रमेश परियार, रामवहादुर सुनुवार, कान्तिप्रसाद शर्मा, शिववहादुर सुनुवार, रुद्रवहादुर बिक, सोमवहादुर सुनुवार, चित्रवहादुर कार्की, धनमायाँ गोले, बलवहादुर सार्की, बिष्णु सिंदाली, बुद्धिवहादुर कटुवाल, कृष्णवहादुर सार्की, सपना परियार, अस्मिता परियार, जालमायाँ तामाङ, दिलमायाँ आले, सरिता आले,रोशनी आले, चिनिमायाँ लकाई, दिनेश सदा, जिनेश सदा, जिवन सादा, रामप्रसाद सदा नैनकुमारी बिक, समर्पण सदा, बलवहादुर क्याप्छाकी, इन्दिरामायाँ बिक, अम्वरबहादुर परियार, हेमवहादुर परियार, गोपाल सुनुवार, लालवहादुर खड्का, रामजी खड्का, गंगा सुनुवार, ज्ञानवहादुर सुनुवार, मोतिराम सुनुवार विश्व सुनुवार लगायत रहेकाछन् ।

त्यसैगरी नेपाली कांग्रेसका कार्यकर्ताहरु सन्तोष थापामगर, चाहना श्रेष्ठ, लालकुमारी तामाङ र शिव सुनवार लगायत रहेकाछन् । सोही कार्यक्रममा अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघको वडा कमिटीसमेत गठन गरिएको छ ।












