नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ४ को वडाभेला आज सकिएको छ । वडा पार्टी अध्यक्ष देवानन्द श्रेष्ठको अध्यक्षता एवम् एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल कमिटीसमेत गठन गरिएको छ ।

भुवन वहादुर श्रेष्ठ अध्यक्ष अम्बिका मगर उपाध्यक्षसहित २९ सदस्यीय टोलकमिटी गठन गरिएको एमाले नगरकमिटीको सचिवालयले जानकारी दिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ र जिल्ला सचिवालय सदस्य नजराज थिंगले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।











