निर्वाचनसम्बन्धी सबै गतिविधि रोक्न प्रचण्ड समूहको माग आयोगसँग माग

Group of people working at a food factory doing quality control on the production line

प्रनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग गरेको छ ।

नेकपाको सो खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेताहरु लिलामणि पोखरेल, रामनारायण बिँडारी, कृष्णभक्त पोखरेल, राजेन्द्र पाण्डेसहितको टोली सोमबार निर्वाचन आयोग गएर यस्तो आग्रह गरेको हो ।

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन सम्बन्धी गतिविधि गर्दा मुद्दा प्रभावित हुने भन्दै आफूहरुले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको नेता लिलामणि पोखरेलले जानकारी दिए ।