प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई तीनपाटनमा स्वागत

तीनपाटन गाउँपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीलाई स्वागत गरिएको छ । सोमबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि कार्कीलाई स्वागत गरेको हो ।


जिल्लाको घ्याङलेघ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहनु भएका कार्की हालै तीनपाटन गाउँपालिकामा सरुवा हुनु भएको थियो । तीनपाटन गाउँ पालिकाले २ महिना पछि प्रमुख प्राशासकिय अधिकृत पाएको छ ।


कर्यालयमा प्रमुख प्राशासकीय अधिकृतको रुपमा कार्यरत बिष्णु प्रसाद सुबेदीले २०७८ साल कर्तिक २२ गते रमाना लिएपछी उक्त कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको पद खाली थियो ।


कार्यालय प्रमुख नहुँदा आर्थिक तथा प्राशासनिक कामकाज हुन सकेको थिएन । अब भने उक्त समस्या समाधान भएको छ ।