देउवा पक्षका ईन्द्र बानियाँ वागमती कांग्रेसकाे सभापतिमा निर्वाचित

नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दाेस्राे चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

बानियाँले १ हजार ८५ मत प्राप्त गरे । केसीले ९ सय २७ मत पाए । यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए । सभापति शेरबहादुर देउवानिकट बानियाँ वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।