प्रधान न्यायाघीस जवराको भिमानमा पुत्ला दहन, प्रहरी रमिते

नेकपा एमाले निकट युवा संघले सिन्धुलीको भिमानमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला दहन गरेको छ। सर्वोच्च अदालतले गएको सोमबारको फैसलाको विरोधमा युवा संघले जवराको पुत्ला दहन गरेको हो।

सर्वोच्चको उक्त आदेशको विरोधमा एमालेका युवा विद्यार्थीहरु हातमा मसाल बोकेर भिमानको मुख्य चोकमा निस्किएपछि केही समय सडकमा तनाबको अबस्था सिर्जना भएको थियो । हातमा मसाल र काँधमा जवराको पुत्ला बोकेर निस्किएका युवाहरुलाई जनपद र सशस्त्र प्रहरीले घेरा हालेर बल प्रयोग गर्न थालेपछि उनीहरुले सो घेरा तोडेका थिए । त्यसक्रममा एक जना महिला घाइतेसमेत भएकी थिइन् । राँकोसहित निस्किएका युवाहरुको समूहलाई रोक्नका लागि बल प्रयोग गरेका प्रहरीहरुले पुत्ला खोस्न र निभाउने प्रयास पनि असफल भएको थियो ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघले पुत्ला जलाएको खबरकर्मी गणेश मगरले बताए । सर्बोच्च अदालतले गरेको संसद पुनस्थापनाको फैसला सँगै प्रधानमन्त्री नियुक्त गर्ने परमादेश लोकतन्त्रको मर्म विरुद्ध भएको भन्दै पुत्ला जलाएका थिए ।

May be an image of 15 people, including Devraj Waiba, people standing and outdoors

पुत्ला जलाउने कार्यक्रममा एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठ , कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा,राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अरुण पाख्रीन,मनोज लामा, जिल्ला संयोजक देवराज वाइवा लगायत अनेरास्वबियु सिन्धुलीका जिल्ला नेताहरु सहभागि थिए ।

May be an image of 16 people, people sitting, people standing, outdoors and tree

https://www.facebook.com/100007933203634/videos/pcb.2968875320053546/354223366112987?cft[0]=AZXQU_eDC8QD3fy1iiuq8pS1IBTN_p0CBv_2vXm2hfXVie8MvLIevrwYH0-I5g1KXRfP1LAeOteCJtjtYn-DYibgXYprJud0askiRNZZ8KfpTmfX4kJzwS9z64huBtc3s5U&tn=*bH-R