सुनकोशी ५ रामटारको गंगटेखोलाको पुलको छेउमा आज साँझ एम्बुलेन्स दुर्घटना भएको छ । उदयपुरको रौतामाई गाउँपालिकाको मर्कुचीबाट बिरामी काठमाडौ पुर्याएर फर्किएको स १ च १८ ६० नम्वरको एम्बुलेन्स दुघंटनामा परेको हो । सडकबाट उक्त उम्वुलेन्स कुलोमा खसेको हो भने एम्बुलेन्स चालक संख्त घाइते भएको सुनकोशीबाट प्रदेश सहकर्मी धनजंग थापाले समाचार पठाएका छन् ।


