सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेमा एकताका लागि माधव नेपाल बाधक बन्ने देखिएको छ । आज बिहान कार्यदलका सदस्यहरुसँगको भेटमा नेता नेपालले प्रधानमन्त्री देउवाका पक्षमा गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने बताएपछि नेता नेपालका लागि पार्टी एकता भन्दा पनि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता शेरवहादुर देउवा प्यारो लागेको देखिएको हो । नेता नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताए । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।
उनले ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।
नेपाल तर्फका कार्यदल सदस्यहरु कोटेश्वरबाट फर्किएपछि सिंहदरबारमा कार्यदलको बैठक जारीछ । कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् ।
तर नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए । अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उनले बताए ।











