कार्यदल बैठक जारी रहेका बेला ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

सहमतिका लागि कार्यदलको बैठक जारी रहेका बेला एमाले अध्यक्ष  एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सी असार २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्।

ओली निकट केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटी सदस्यहरुलाई पठाएको निमन्त्रणामा एमाले कन्द्रीय कमिटीको १४ औँ बैठक असार २९ गते बिहान ११ः०० बजे बोलाइएको जानकारी दिइएको छ।

निमन्त्रणामा भनिएको छ, ‘एमाले केन्द्रीय कमिटीको १४ औँ बैठक असार २९ गते बिहान ११ बजे पार्टी अध्यक्ष केपी ओलीको निदेशानुसार आयोजना गरिएको छ।’

यसअघि ओलीले सर्वोच्चले फैसला दिएको भोलिपल्ट कमिटी बैठक बोलाउने घोषणा गरेका थिए। साथै सर्वोच्च अदालतबाट हस्ताक्षर फिर्ता निलिनेहरु एमाले नरहेने चेतावनी दिएका थिए।