सिन्धुलीको कमलामाई नगरपालिकाले शैक्षिक प्रमाणपत्रकै आधारमा पहिलो पटक एक छात्रालाई उच्च शिक्षा अध्ययनका लागि युवा स्वरोजगार कार्याक्रम अन्तरगत ५ लाख ऋण उपलव्ध छ ।
कमलामाई नगरपालिका ५ की सुनिता श्रेष्ठलाई सिए अध्ययन पूरा गर्नका लागि नगरपालिकाले ५ लाख विनाधितो ऋण उपलव्ध गराएको हो ।
काठमाडौको माइलस्टोन कलेजबाट प्लसटु उत्तीर्ण गरेकी सुनिताले आर्थिक अभावमा चार्टर्ड एकाउन्टेन्ड पढ्न नसकेको कुरा नगरप्रमुख खड्गवहादुर खत्रीसमक्ष राखेपछि उनको सिए पढ्ने धोको पुरा भएको हो ।
उनले सिएको पहिलो सेसन उत्तीर्ण गरिसकेकी छिन् भने अब बाँकी पढाईका लागि सुनितालाई कमलामाई नगरपालिकाले खर्च जोहो गरिदिएको हो । कमलामाई नगरपालिकाले विनाधितो ऋण दिने सूचना पाएकी उनले नगरपालिकामा आवेदन गरेकी थिएन्।
सोही आवेदनका आधारमा उनलाई उच्च शिक्षा अध्ययनका लागि नगरपालिकाले ५ लाख विनाधितो, विनाब्याज ऋण दिने निर्णय गरेको नगरप्रमुख खत्रीले जानकारी दिए ।
सो निर्णयबमोजिम नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र सुनिताबीचआज ऋण सम्झौता भएको छ ।
चेक हस्तान्तरण गर्दै नगरप्रमुख खड्गबहादु खत्री, उपप्रमुख मञ्जु देवकोटा र प्रमुख प्रशासकीय अधिकृत विषकसेन ढाकालले सुनिताको उज्वल भविष्यको कामना गरेका थिए ।