एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी परीक्षाका लागि बंगलादेश जान पाउने

बंगलादेशले एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीहरुलाई परीक्षाका लागि यात्रा अनुमति दिने निर्णय गरेको छ ।

आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई बंगलादेश प्रवेशको अनुमति दिइएको काठमाडौँस्थित बंगलादेशी दूतावासले जनाएको हो । यो सँगै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी परीक्षाका लागि त्यहाँ जान पाउने भएका छन् ।

नेपालमा रहेका त्यस्ता विद्यार्थीलाई सम्बन्धित कलेजको कागजपत्रसहित सम्पर्क गर्न दूतावासले सूचित गरेको छ । मेडिकल कलेजका कागजात, पासपोर्टको प्रतिलिपि र नेपालको मोबाइल नम्बरसहित नेपालस्थित बंगलादेशी दूतावासको इमेल ठेगाना mission.kathmandu@mofa.gov.bd  मा पठाउन दूतावासले अनुरोध गरेको हो ।