‘कोरोना संक्रमणले केही हुँदैन भन्ने आत्मबल थियो, तर जव त्यसको पिडा भोग्न थालियो त्यसबेला भने कमजोर महशुस हुनेरहेछ’

भनिन्छ, शरिर पनी एउटा विज्ञाननै हो । यहाँ अनेक रसायनिक मिश्रण एवम् समिश्रणद्धारा स्वभाविक त कहिले अस्वभाविक परिवर्तनहरु देखापर्दछ ।  अहिले हामी त्यही अस्वाभाविक लागेको र सारा विश्वलाई आतंकित बनाईरहेको कोरोना संक्रमण र त्यसको त्रासबाट कसरी बँच्ने र बचाउने भन्ने चिन्तामा छौं ।
पेशाले शिक्षक भएकाले निषेधाज्ञा लगाएपनि प्रशासनिक कामको शिलशिलामा नगरपालिकामा जानै पर्ने हुन्थ्यो । त्यही क्रममा मलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखियो । त्यसपछि मैंले सामाजिक सञ्जालमा आफुमा देखिएको लक्षणवारे साथीभाईलाई जानकारी होस् भन्ने उदेश्यले पोष्ट गरें । त्यस बीचमा पिसिआर पनि परिक्षण गरियो तर रिपोर्ट पोजेटिभ आयो । तर ममाथि देखिएका लक्षणहरु कोरोनासँगै सम्बन्धित हुन् भन्ने कुरामा म ढुक्क थिएँ ।
त्यसैले म घरमैं बस्ने निधो गरें । घरमा बस्दापनि सुरक्षित ढंगले बसें । यस बिचमा ३ दिन असाध्यै पिडा बोधभयो । तर क्रमशः ज्वरो र यसका अन्य अव्यवहरुको उतारचढाव शरिरले खेपिरह्यो । कोरोना संक्रमणले केही हुँदैन भन्ने आत्मबल थियो, तर जव त्यसको पिडा भोग्न थालियो त्यसबेला भने कमजोर महशुस हुनेरहेछ । पेशाले शिक्षक भएकाले पनि समाचार र सामाजिक सञ्जाल भन्दा बाहिर गइन्न रहेछ । त्यसरी संक्रमणको पिडाले छटपटाएका बेला त्यससँग सम्बन्धित समाचारले थप आतंकित बनाउने रहेछ ।
कोरोना संक्रमणपछि मैंले अस्वभाविक रुपमा ज्वरो आउने र हराउने साथै टाउको हल्का दुख्ने कुराको महशुश गरें । बिहान बेलुका सुख्खा खोकी लाग्ने र छाती हल्का दुख्नुका साथै कहिलेकाँही श्वास प्रश्वासमा समस्या आउन लागेको जस्तो भान हुन्थ्यो र खोक्दा असाध्यै खकार आउने हुन्थ्यो । त्यसपछि भने मैंले चिकित्सक र कोरोना संक्रमणलाई जितेका अनुभवी साथीभाईले दिएको सल्लाहलाई व्यवहारमा प्रयोग गरें, जसले मलाई अहिले कोरोना मुक्त गराउन ठूलो सहयोग पुगेको छ ।
चिकित्सक र अनुभवीहरुको अनुभवका आधारमा मैंले कम्तिमा ३ महिना खानपान एवम् दैनिकि प्रति सावधानी अपनाउने निर्णय गरेको छु । यस क्रममा भिटामिन सि, जिन्क चक्की, क्यासल्सयम र भिटामिन डि निरन्तर लिइरहेको र त्यसलाई केही समयसम्म निरन्तरता दिनेछु ।
अनुभवीहरुका अनुसार संक्रमण मुक्त हुनेहरुमा पुनः दोहोरिएर संक्रमण हुने सम्भावना उच्च हुने भएकाले स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र घरभित्रै बस्न म सम्पूर्णलाई आग्रहसमेत गर्दछु ।
हालको मेरो अवस्था
शरिरमा चिसो पानी प¥यो भने हल्का ज्वरो आइहाल्छ । एन्टिजेन विधीबाट कोरोना परिक्षण पश्चात घर आउँदा आउँदै पानीले भेटेर शरिरको तापक्रम एक्कासी बढ्यो । शरिरमा इम्युनिटी पावर प्राप्त गर्न समय लाग्ने भएकोले शरिर कमजोर र हल्का शिथिल जस्तो भईरहेको छ ।
त्यसैगरी पिउन वा नुहाउनका लागि चिसो पानी विषनैं सावित हुँदोरहेछ । चाहे प्रचण्ड गर्मी किन नहोस् । कोरोना संक्रमितले मात्रै होइन निरोगीले पनि पिउन चाँही तातो पानीनैं खाउँ, बरु हल्का मनतातो बनाएर खाँदा राम्रो हुन्छ । यो मेरो आफ्नै अनुभव हो ।
यो अवस्थासम्म आइपुग्दा प्रारम्भ देखि हालसम्म स्वास्थ्य लाभको कामना, सकुशलको कामना,  छिट्टै निको हुनुहोस्  देखि फोन तथा अन्य विभिन्न माध्यमबाट सकारात्मक सोच विकास गर्न सहयोग पु¥याउनु हुने,  मलाई समय समयमा दुरी कायम गरी भेट्न आउनु हुने,  रिपोट ल्याउन देखी औषधी ल्याउनसम्म सहयोग गर्नुहुने, पोषिलो खानेकुरा ल्याउँदै दिँदै गर्नुहुने मेरा छिमेकीहरु तथा अन्य विभिन्न हिसाबले सहयोग गरी हौसला प्रदान गर्नुहुने मेरा सम्पूर्ण आफन्त, साथीभाई, छरछिमेकी, इष्टमित्र, गुरुवर्गहरु, घरपरिवार, सहकर्मी मित्रहरु, अग्रज दाजुहरु, नजिकका नातेदार, अस्पतालका स्वास्थ्यकर्मी मित्रहरु, विशेष गरी डा. दिन्जुल, डा सुधाँशु, वडा अध्यक्ष उज्जवल थापा, दिलबहादुर सर, मित्र विष्णु फुँयाल, नारायण दाई, अभिलाषा भाउजु, बलराम सर, रामबहादुर खड्का सर, गोमादेवी आमा, खेमकुमारी बख्रेल आमा, टेकबहादुर थापा सर, सिद्धि राउत, बिर्खबहादुर बम्जन, भाई निर्मल लामा, भाई बिमल श्रेष्ठलगायत सम्पूर्ण प्रति आभारी र कृतज्ञ छु । तपाइहरुले यो अप्ठयारोको बेला लगाउनु भएको गुण कदापी बिर्सने छैन ।