जनआन्दोलन २०६२ र ०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ । आज गणतन्त्र स्थापना गरेको १३ बर्ष पूरा भएको छ ।
नेतृत्वको ध्यान राजनीतिक गतिविधिमा र सर्वसाधारण बिहान बेलुका हातमुख कसरी जोर्ने चुनौतीको सामनामै बिताइरहेका परिस्थितिलाई अन्त्य गर्न पर्दछ । हामीले कोहि पनि नगरबासी भोकै नपरुन पर्ने अबस्था आए तुरुन्तै नजिकै वडा कार्यालय सगँ सम्पर्क राख्न अनुरोध गरेका छौ ।
गणतन्त्र आफैले केही गर्दैन , तर यसलाई सबै नेपाली जनताको जीवन स्तरमा परिवर्तन ल्याउने गरि जोड्नुपर्दछ । कमलामाई नगरपालिकाले मजदुर स्वास्थ बिमा , निम्न आय भएका ब्यक्तिको खरपरालको छानो बिस्थापन , निर्ब्याजी युवा स्वरोजगार र नगर स्वरोजगार , बिकास आयोजनामा स्थानीयलाई प्राथमिकता , विभिन्न कृषि पर्यटन र घरेलु उद्योगलाई स्थापना सहयोग र बिकास गरि नगरबासिको जिवनस्तर उकास्ने प्रयत्नमा लागेका छौ ।
जनआन्दोलन र जनयुद्धका शहिदका परिवारलाई पनि बजेटको ब्यबस्थापन गरिएर आय आर्जनको कार्यक्रममा समेटिएको छ ।
गणतन्त्रको बलियो मियोको रुपमा रहेको स्थानीय सरकारलाई संघीयताको प्रतीक पनि मानिन्छ । स्थानीय सरकारलाई संविधानले दिएको अधिकारबमोजिम काम गर्न दिइएको छैन । हामी आफ्नो अधिकारका लागि संघ सरकारको मुख ताक्नुपर्ने अवस्थामा छौ । कमसेकम वडा स्तर र नगर स्तरका बिकासका आयोजना र आय आर्जन मुलक कार्यक्रम लाई पर्याप्त पुग्ने बजेटको ब्यबस्थापन भए धेरै गर्न सकिने थियो । नेपालको संविधानले पनि त्यही नै परिकल्पना गरेको छ ।
हामीले हाम्रो स्रोत साधनले भ्याए सम्म , कोरोना महामारीको बिचमा नगरबासिलाई कसरी बचाउन सकिन्छ भनेरै सधै चिन्तित छौ । कमलामाई नगरपालिकाको आफ्नै बजेट बाट स्रोत सुनिश्चित गरेर , नगरबासीलाई खोप लगाउनका लागि संघीय मामिला मन्त्रालय, स्वास्थ्य मन्त्रालय र संघिय मामलामा कार्यालय पुगेर खोप खरिदका लागि स्वीकृति मागिएको छ । कोरोना महामारीमै शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ त्यस्को तयारीका लागि विभिन्न उपायका बारेमा तयारी गरिएको छ ।
गणतन्त्रको जगमा टेकेर स्थापना गरिएका स्थानीय सरकारहरु , हामी तपाईंहरुले नै मत दिएर निर्वाचित गराएको प्रतिनिधिको हिसाबले पनि गणतन्त्रका मूल्य मान्यता र पद्धतिलाई सदैब अनुशरण गर्दै नागरिकले अनुभुती गर्न पाउने गरि गणतन्त्रलाई बिकसित गर्न इमानदार प्रयत्न गरिरहेका छौ । सबैले गर्न जरुरी पनि छ ।
अन्त्यमा यो महामारीमा सम्पुर्ण स्वास्थ सुरक्षाका मापदण्ड अपनाऔँ। सकभर घरमै बसौ । गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना ।
खड्ग बहादुर खत्री
नगर प्रमुख
कमलामाई नगरपालिका