कोरोना संक्रमणसँग लडिरहेका सिन्धुलीका नागरिकको जीवन रक्षाका लागि निरन्तर खटिइरहेका चिकित्सक एवम् स्वस्थ्यकमीहरुका लागि सूर्या लाईफ इन्स्योरेन्सका शाखा प्रवन्धक विष्णु ढकालले २१ कार्टुन बिस्कुट हस्तान्तरण गरेकाछन् ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई ढकालले सो सामाग्री हस्तान्तरण गरेका हुन् । यस अगाडि उज्वल विक्रम थापाले ३ सय लिटर दुघ हस्तान्तरण गरेका थिए ।