सिन्धुलीकी ८१ वर्षीया एक महिलाले कोरोनाको दोस्रो भेरियन्टलाई सहजै परास्त गरिन् । दमको दिर्घ रोगी रहेकी चन्द्रकुमारी खड्का ज्वरो आएको र नघटेपछि उनका छोरा कर्णवहादुरले गएको जेठ ३ गते सिन्धुली अस्पतालमा ल्याई पु¥याएका थिए ।
कमलामाई नगरपालिका वडा नं. ७ खैरेनीटार निवासी खड्कालाई सिन्धुली अस्पताल ल्याई पु¥याउँदा उहाँको ड्युटीमा रहेकी नर्सले अक्सिजनको लेभल अस्सिमिटर मार्फत जाँच्दा ३० मात्रै देखिएपछि उनीहरु त्रसित बनेका थिए । एकातिर ज्वरो र प्रश्वासमा समस्या त छँदै थियो त्यसमा पनि अक्सिजनको मात्रा एकदमैं कम देखिएपछि डा. सागर देवकोटालाई बोलाइएको थियो । त्यसको केही समयपछि विरामीलाई आइसियु कक्षमा लगिएको थियो ।

‘कोरोना महामारीपछि २४ सै घण्टा ड्युटिमा खटिएका डा. देवकोटा, डा सुनिल साह र डा अर्चनालगायत सम्पुर्ण डाक्टरहरुको टिम मात्रै होइन सिंगो नर्सिङ र स्वास्थ्यकर्मीको समूहले आफ्नो स्वास्थ्यको पर्वाह नगरी आफ्नो आमालाई बचाउनु भएको प्रति म निकै आभारीछु’ ६ दिन अस्पताल बसाईपछि कोरोना संक्रमणलाई जितेर आफ्नी आमालाई घर लैजाने क्रममा छोरा कर्णवहादुरले भने । एम्बुलेन्समा चढेर घर जानु अघि आँखाभरी आँशुको बलिन्द्र धाराखसाल्दै चन्द्रकुमारीले भनिन्ः ‘म अब घर फर्किन्छु भन्ने लागेकै थिएन, तर डाक्टर र नर्सहरुको हेर बिचार र निगरानीले मैंले पुर्नजन्म पाएझैं लागेको छ, उहाँहरु मेरो लागि भगवाननैं सावित हुनुभएको छ ।’

डा. सागर देवकोटा भन्छन्ः ८१ वर्षीया आमाले निको भएर अस्पतालबाट निस्कँदा हामीलाई थप संक्रमितहरुको उपचार गर्न हौसला दिनुभएको छ । उहाँमा कोरोना संक्रमणसँग लड्न जुन आत्मबल हामीले पायौं, त्यो अत्यन्त राम्रो थियो, उहाँबाट अन्य संंक्रमितहरुले पनि सिक्नु पर्छ, डा देवकोटाले भन्नुभयो ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले सामाजिक सञ्जालमा चन्द्रमायाँ खड्काका विषयमा लेख्नुभएको छ– ‘उहाँले कोरोना जस्तो रोगलाई परास्त गरेर घर जाँदा हाम्रो अस्पताल उहाँको दीर्घ जीवनको कामना गर्दछौं । उहाँको छोरा कर्णबहादुरले देखाउनु भएको मातृ प्रेम अनुसरण गर्न लायक थियो । सबै स्वास्थ कर्मीहरुलाई आमाले दिनु भएको आर्शिवचनले हामीलाई भावबिभोर बनायो । पÞmेरि पनि आर्शिवचन पाइरहुँ है आमा ।’

कोरोनाबाट ११ सय भन्दा बढी नागरिक संक्रमित भएर सिन्धुली अस्पतालको कोभिड उपचार कक्षमा छटपटाई रहेका बेला उनीहरुको जीवन रक्षाका निम्ती आफ्नो जीवनको पर्वाह नगरी जनसेवामा खटिरहने डाक्टर र स्वास्थ्यकर्मीहरुको सक्रियतालाई सम्पूर्ण सिन्धुलीवासीलेसम्मानगर्नै पर्छ, सिद्धवावा माध्यमिक विद्यालयका प्रधाध्यापक टोमप्रसाद काफ्लेले भन्नुभयो ।
प्रदेशखबर डटकम परिवार कोरोना बिरुद्धको मोर्चामा खटिने सिन्धुलीका डाक्टर एमव् सम्पूर्ण स्वास्थ्यकर्मीहरुप्रति उच्च सम्मान प्रकट गर्दछ । उहाँहरु प्रति हाम्रो सलाम ।