गोलन्जोरमा २१३ जनाको पिसिआर परिक्षण, ७१ जनामा कोरोना संक्रमण, वडा नम्वर ५ को खनियाँखर्क सबैभन्दा बढी प्रभावित

गोलन्जोर गाउँपालिकाको डाक्टरसहितको समूहले गाउँ गाउँमा पुगेर स्वाव कलेक्सन थालेको छ । फोटोः प्रदेशखबर

सिन्धुली: गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध स्वास्थ्य अभियान सञ्चालन गरेपछि संक्रमण दर घट्न थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणको दोस्रो भेरियण्टका क्रममा अहिलेसम्म नागरिकले ज्यान गुमाएका छैनन् ।
गाउँपालिकाले गाउँ गाउँमा गएर स्याम्पल कलेक्सन गर्ने क्रममा अहिलेसम्म २१३ जनाको पिसिआर लिइएको मध्ये ७१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यस मध्ये ३९ जना पुरुष र ३२ जना महिला
रहेकाछन् । त्यसैगरी वडागत रुपमा गोलन्जोर गाउँपालिकाको वडा नम्वर ५ खनियाँखर्क सबैभन्दा बढी प्रभावितहरु रहेको पाइएको छ । यस वडामा मात्रै २१ जना नागरिकमा पोजेटिभ पाइएकोमा ११ जना पुरुष र १० जना महिला थिए ।

No description available.
गाउँपालिकाले दिएको निःशुल्क औषधी देखाउँदै एक ज्वरोका विरामी । फोटोः प्रदेशखबर


त्यसैगरी वडा नं. १ मा १७ जना मध्ये ८ जना पुरुष र ९ जना महिला रहेकाछन् । वडा नं. २ मा १ जना पुरुष रहेकाछन् भने ३ नम्वर वडामा १० जना पुरुष र ४ जना महिलासहित १४ जना कोरोना संक्रमित रहेको थाहा लागेको छ । त्यस्तै वडा नं. ६ मा १४ जना मध्ये ७ जना पुरुष र ७ जना महिला र वडा नं. ७ मा २ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैलाई होम आइसोलेसनमा राखिएको बताइएको छ ।
पिसिआर लिएका मध्ये ७८ जनाको रिपोर्ट आउन बाँकी रहेको र गत हप्ताको तुलनामा यो हप्ता गाउँ गाउँबाट कोरोना लक्षण छ भन्दै फोन आउने क्रम घटेको स्वास्थ्य संयोजक विरेन्द्र साहले जानकारी दिए । अहिले गाउँपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या ६५ मात्रै रहेको र अधिकांशमा कोरोनाका कुनै पनि लक्षण नदेखिएको संयोजक साहले खुलासा गरे ।

No description available.
गाउँपालिकाले दिएको निःशुल्क औषधी देखाउँदै एक अर्का ज्वरोका विरामी । फोटोः प्रदेशखबर


यसैबीच गाउँपालिका अध्यक्ष पुष्प कार्कीले गाउँ गाउँमा कोरोना संक्रमण नफैलियोस् भन्ने उदेश्यले स्वाव संकलन गर्ने कार्यलाई तिब्रता दिइएको बताए । उनले अगाडि भने– गाउँपालिकाका कुनै पनि नागरिकले उपचार नपाएरै अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने कुरामा अत्यन्त सचेत रहेको र त्यसका निम्ती स्वास्थ्यका सबै संयन्त्र परिचलान गरिएको हो । –अशोक ठकुरीबाट