एमालेमाथि गद्दारी गरेको अभियोग लागेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले साथ गुमाउन थालेका छन् । उनको पक्षमा खुलेरै उभिएका प्रभावशाली नेताले साथ गुमाउनेक्रम जारी रहेको छ । यही क्रममा आजबाटै प्रभावशाली एवम् लोकप्रिय युवा नेता गोकर्ण विष्ट, योगेश भट्टराई, गणेश पहाडी र पवित्रा निरौला खरेलको साथ गुमाउनुभएको हो । माधव नेपालसहितका २३ नेताले कांग्रेसका लागि हस्ताक्षर बुझाउँदा नेता योगेसलगायतले असहमति जनाउँदै हस्ताक्षर गर्नुभएको थिएन ।
समाचार स्रोतले माधव नेपालको साग छोडेका युवा नेताहरुलाई सर्बोच्चमा बुझाएका निवेदनमा हस्ताक्षर गराउन निकै ठूलो दबाब दिइएको थियो तर उहाँहरुले पार्टी विभाजन गर्ने पक्षमा आफुहरु नरहेको अडान राख्नु भएको थियो । आफुहरु नेकपा एमालेमैं रहने तर नयाँ पार्टी खोलेर जाने पक्षमा नरहेको प्रष्ट पारेको थाहा लागेको छ ।
योसँगै विघटित प्रतिनिधिसभामा माधव नेपाल पक्षमा भनिएका सांसद अब समानुपातिकसहित जम्मा २३ जनामा सीमित भएको छ । १२१ सांसद भएको एमालेमा तीन वर्षदेखि रोइकराइ गरेर गुटबन्दी गर्दा पनि माधवकुमार नेपालले २३ जना भन्दा बढीलाई संगठित गराउन नसकेको देखिएको हो ।
यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ उपधारा ९५० बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्दै एमालेका २३ पूर्व सांसदसहितले हस्ताक्षर गरेको रिट बुझाएको रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना पूर्व सांसदको हस्ताक्षर रहेको छ ।