नेकपा एमालेभित्रको विवाद सल्टाउने अभियानमा लाग्नुभएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच भएको वान टु वान बार्ता सकारात्मक भएको छ । वार्ताले नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको हो ।
कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको छ । जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट हुनुहुन्छ भने ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ । त्यस्तै कार्यदललाई विवाद समाधान गर्न तीन दिनको समय दिइने भएको छ ।











