प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनैपनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा यो तहमा कोरोना भाइरसको संक्रमण बढ्ला भन्ने नठानेको बताएका छन्।

नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएका कारण अहिलेको अवस्था आउला भन्ने आफूले नठानेको भएपनि कोरोना संक्रमण बढेको प्रधानमन्त्री ओलीको भनाइ छ।

शनिबार बालुवाटारमा भएको सर्वपक्षीय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘यस रुपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठान्या थिइनँ। मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ्ग छ। त्यस कारण अलिअलि सर्ला तर धेरै यस तहमा चाहीँ बृद्ध हुन सक्दैन भन्ने लागेको थियो।’

बैठकमा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए।

प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनैपनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिएका हुन्।