कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन, देवघाट स्थित त्रिवेणी धाममा अन्तिम संस्कार गरिने

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।

मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे निधन भएको भएको थियो ।

शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो । फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् । यसैबीच आमाको इच्छा अनुसार उहाँको देवघाट स्थित त्रिवेणी धाममा अन्तिम संस्कार गरिने परिवार जनले प्रदेशखरलाई जानकारी दिएको छ ।