कमलामाईद्धारा सिन्धुली अस्पताललाई डेन्टल चियर सहयोग

सिन्धुलीको कमलामाई नगरपालिकाले सिन्धुली अस्पताललाई एक थान डेन्टल चियर सहयोग गरेको छ । नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेको चियर आज नगरप्रमुख खड्गबहादुर खत्रीले सिन्धुली अस्पतालका डेन्टल सर्जन डाक्टर कृतिका श्रेष्ठलाई हस्तान्तरण गरे ।

अस्पतालमा एउटा मात्रै चियर हुदाँ सेवाग्राहीहरुलाई सेवा दिन समस्या भएपछि नगरपालिकाले थप एउटा चियर सहयोग गरेको हो । अस्पताललाई चियर हस्तान्तरण गर्दै नगरप्रमुख खत्रीले सिन्धुली अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय बनाउन स्थानिय सरकारले आफ्नो क्षमता अनुसार विभिन्न उपकरणहरु उपलब्ध गराउदै आएको बताए ।

No photo description available.


अस्पताललाई आवश्यक पर्ने उपकरण विना विशेषज्ञ डाक्टरले मात्रै गुणस्तरीय सेवा दिन नसक्ने भएकाले अस्पताललाई आवश्यक डेन्टल चियर सहयोग गरेको उनको भनाई थियो ।

नगरप्रमख खत्रीले अस्पताललाई सुविधा सम्पन्न बनाउन आगामी दिनमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । अस्पतालका डेन्टल सर्जन डाक्टर कृतिका श्रेष्ठले नगरपालिकाले नयाँ प्रविधिको डेन्टल चियर हस्तान्तरण गरेपछि अस्पतालको सेवा प्रवाहमा थप सहजता हुने बताएकी थिइन् ।

May be an image of 4 people, including Khadga Khatri, people standing and indoor