गत साता नेपालमा हिंसात्मक गतिविधि समाप्त भएको घोषणा गरेको सरकारलाई चुनौतीदिंदै पूर्व माओवादी संवद्ध सिरहाका जयकृष्ण गोइतले आइतवार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएर तराईमा हिंसालाई निरन्तरता दिने संकेत गरेकाछन् ।
समूहले सिरहाको मालपोत कार्यालयको पहिलो तलामा प्रेसर कुकर बम विस्फोट गराउँदै त्यसको जिम्मेवारी लिएकोपर्चा फ्याँकेर गोइत समूहका सदस्य भाग्न सफल भए। साँझ उक्त समूहले घटनाको जिम्मेवारी लियो ।
गोइतका नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा आज २०७७, चैत्र १ गते मध्याह्न करिब १२ बजेर ४७ मिनटमा प्रेसर कुकर बम कारबाही स्वरुप विष्फोट गराएका छौँ। यसरी भ्रष्टाचार ९अपराध० जारी नै रह्यो भने यसभन्दा पनि उच्च स्तरको कारबाही हुनेछ। यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी ९अपराधी० नेपाल सरकार र प्रदेश सरकार नै हुनेछ।’
१० वर्षे माओवादी हिंसाको बाच्छिटाको रुपमा नेपालमा हिंसाको सहारा लिएर आफ्नो स्वार्थ पुरा गराउने क्रमसँगै गोइतको बिस्फोटनलाई लिन सकिन्छ । सप्तरी जिल्ला निवासी गोइतले नेकपा (माओवादी) ले भारतको सहयोगमा हिंसाको राजनीति त्यागेको केही समयपछि त्यसलाई अस्वीकारगर्दै हिंसाकै बाटो रोजेका थिए । जनयुद्धका क्रममा माओवादीले निर्माण गरेको क्षेत्रीय संगठन तराई मुक्तिमोर्चाका अध्यक्ष थिए । माओवादी नेतृत्वले मोर्चाको अध्यक्षबाट उनलाई हटाएर उपेन्द्र यादवलाई बनाएपछि उनले जनतान्त्रिक तराई मुक्ति मोर्चाका नाममा व्यक्ति हत्याको प्रारंभ भएको थियो । पछि उपेन्द्रलाई हटाउँदै मातृका यादव त्यसको अध्यक्ष बने । सप्तरीको सिमा क्षेत्रसँग जोडिएको भारतीय क्षेत्रलाई आश्रय स्थल बनाउँदै नेपालमा चन्दा असुली र अपहरणको कार्य अगाडि बढाएका गोइतका सहकर्मीहरु प्रहरी कारबाहीमा मारिनुका साथै उनको समूहमा पनि बिभाजन आएको थियो ।
तत्कालिन माओवादीका केन्द्रीय सदस्य ज्वाला सिंह भन्ने नागेन्द्र पासवानलाई उपाध्यक्षको जिम्मेवारी दिएर तराईका जिल्लामा हिंसात्कम गतिविधी प्राभ भएको थियो । ०६२र०६३ को जनआन्दोलनपछिका केही वर्ष गोइत समूहले प्रदेश २ को, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, वारा, पर्सा, रौतहट र कपिलवस्तु जिल्लामा व्यक्ति हत्या र अपहरणलाई बढाएको थियो । सो समूहले सिराहमै राप्रपाका केन्द्रीय नेता श्रेष्ठको हत्या गरेपछि असन्तुष्ट पासवानले विद्रोह गरी अर्को छुट्टै समूहबाट आफ्नो धन्दा चलाएका थिए ।
सरकारले तराईमा सशस्त्र गतिविधि गर्ने विभिन्न समूहलाई नियन्त्रण र त्यसपछि शान्ति प्रक्रियामा ल्याएपनि गोइत र पासवान दुवै बाहिरै थिए। तत्कालिन शान्तिमन्त्री बनेकी पफा भुसालले अन्य साना समूहसँग वार्तागरी शान्ति प्रक्रियामा ल्याउने प्रयत्नगर्दै मानवअधिकारकर्मी मार्फत पत्राचार गरेका थिएभने गोइतको पनि सकारात्मक पत्र प्राप्तभएपछि सरकारनैं ढलेको थियो । त्यसपछि मधेसमा प्रहरीले इन्काउण्टर प्रारंभ गरेपछि उनीहरुको गतिविधीमा कमी आएको थियो । नेपालको सत्ता राजनीति आफ्नो स्वार्थ अनुसार चलेपछि साइलेन्स रहेका गोइतलाई भारतले फेरि हिंसाका लागि प्रयोगमा ल्याएको विश्लेषण गरिएको छ । सिरहाको लहानमा आज भएको विस्फोटले भारत गोइत मार्फत फेरी मधेसमा हिंसाको राँको बाल्दैछ भन्ने गंभीर प्रश्न उव्जाएको छ । -प्रदेश टिप्पणी