कञ्चनपुरमा लागुऔषध कारोबारीको मृत्यु

लागुऔषध ब्राउनसुगरका कारोबारी समात्ने क्रममा प्रहरीले कञ्चनपुरमा गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुने भारतीय नागरिक नागरिक २५ वर्षीय गोविन्द सिंह रहेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

बेलौरी नगरपालिका-७ को सिमावर्ती क्षेत्रमा बिहीबार साँझ साढे ६ बजे दोहोरो मुठभेड हुँदा प्रहरीले गोली चलाएको उनले बताए।

घाइते भएका सिंहलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ ल्याउने क्रममा मृत्यु भएको चतुर्वेदीले बताए।

अन्य केही लागुऔषध कारोबारी भने भारतर्फ भागेको उनले बताए। प्रहरीले मुठभेडका क्रममा ठूलो मात्रामा ब्राउनसुगर बरामद गरेको चतुर्वेदीले बताए।

यस्तै, प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने मेसिन पनि बरामद गरेको छ। मुठभेडका क्रममा प्रहरी जवान वीरबहादुर साउद घाइते भएका छन्। उनको दाैडने क्रममा खुट्टामा चाेट लागेको छ। अन्य तीन जना भने साथीलाई गाेली लागेपछि भागेको प्रहरीले जनाएको छ।