गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले एक समारोहका बीच बौद्ध गुम्वाको शिलान्यास गर्नुभएको छ । गोलन्जोर गाउँपादिका वडा नं. ५ मा हिर्दिङ्गमा आयोजित कार्यक्रमका बीच अध्यक्ष कार्कीले महाभारत वौद्ध गुम्वा भवनको वौद्धिक विधि पूर्वक शिलान्यास गर्नुभएको हो ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को ३० लाख ४० हजार र गोलन्जोर गाउँपालिकाको अनुदान १३ लाख ४० हजारमा यो वौद्ध गुम्वा निर्माण हुने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।












