सन २०२४ मा हुने राष्ट्रपति चुनावमा ट्रम्पले फेरि उम्मेदवारी दिने

व्हाइट हाउस छाडेपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक सार्वजनिक मञ्चबाट भाषण गरेका छन्।

कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा ट्रम्पले जो बाइेडनको आलोचना गरे।

‘अमेरिका फर्स्ट’को नीतिलाई बाइडेनले ‘अमेरिका लास्ट’ बनाएको उनको आरोप छ।

ट्रम्पले आफूलाई नयाँ पार्टी खोल्न थालेको भनेर चलाइएका हल्लाहरु झुटा रहेकाे बताए। नयाँ पार्टी खोले आफूहरुको मत विभाजन हुने भएकोले त्यस्तो कदल नचाल्ने उनले बताए।

उनले चार वर्ष पहिले आफूहरुले सुरु गरेको यात्रा नसकिएको बताए। उनले सन २०२४ मा हुने राष्ट्रपति चुनावमा आफूले फेरि उम्मेदवारी दिने संकेत दिए।

ट्रम्पको ट्विटर फेसबुक तथा अन्य सामाजिक सञ्जालका अकाउन्टहरु प्रतिबन्धित अवस्थामा छन्।