सरकारले फागुन २३ गते संसद बैठक डाक्ने

सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन  सिफारिस गरेको प्रधानमन्त्री निवास वालुवाटार स्रोतले प्रदेशखवरलाई जानकारी दिएको छ ।

गएको मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न सरकारका नाममा आदेश दिएको थियो ।