प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीचको बार्ता निकै सकारात्मक बनेको छ । प्रचण्ड र माधव नेपालले पार्टी बिभाजन गरेपछि कतै नगाली एकता अभियानमा लाग्न भनेर छुट्टै समुह बनाउनुभएका नेता गौतम आज दिउसो प्रधानमन्त्री ओलीसँग बार्ता गर्न बालुवाटार पुग्नुभएको थियो ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग गौतमले एक घन्टा लामो बार्ता गर्नुभएको छ । दुई नेताबीच पार्टी एकतालाई जोगाउनेदेखि आगामी राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको थियो । पार्टी बिभाजनपछि प्रचण्ड–माधव समुहले नेता गौतममाथि सवै कार्यकर्ता ओलीतिर पठाएर तटस्थको नाटक गरेको र बिभाजनको मुख्य योजनाकार बामदेव नै रहेको आरोप लगाइसकेको छ । सो समुहको आरोपबीच गौतमले बिहीवार सो समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई उहाँकै निवास खुमलटार पुगेर भेट गर्नुभएको थियो ।
भेटमा नेकपाको बिवादको कारण प्रतिनिधिसभा बिघटन भएको र अदालतले सच्याएपछि अव पुनः मिल्न सक्ने अवस्था रहेको भन्दै एकतालाई जोगाउनु पर्ने प्रस्तावसहित आफू अध्यक्षका लागि तयार रहेको बताउनुभएको थियो । गौतमले तपाईहरु दुई जना अध्यक्ष मिल्नै सक्ने अवस्था छैन भने मलाई अध्यक्ष बनाएर पार्टी एकता कायम राखौं भन्ने प्रस्ताव गरेपछि प्रचण्डले केही जवाफ नदिइ मुन्टो बटार्नुभएको जानकारी गौतम निकट नेताले दिएका छन ।
प्रचण्डसँग छलफल गरेको भोलिपल्ट गौतमले आज बालुवाटार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटनु भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि नेता गौतम हँसिलो मुहारमा देखिनुभएको थियो । एक घन्टा लामो छलफलपछि बार्ता कक्षबाट प्रधानमन्त्री ओली र नेता गौतम दुवै मुस्कान दिएर बाहिर आउनुभएको थियो । ‘प्रधानमन्त्री र बामदेव कमरेड दुवै मुस्कुराउँदै बाहिर आउनुभयो, उहाँहरुको बडिल्यांग्वेजले कुरा निकै सकारात्मक रहेको संकेत पाइयो,’ बालुवाटारमा सो दृष्य देख्नुभएका नेकपाका युवा नेता महेश बस्नेतले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग जानकारी लिँदा कुरा सकारात्मक छ, डिटेल नभनौं भन्नुभयो ।’
उपाध्यक्ष गौतमलाई अध्यक्ष ओलीलाई नै साथ दिएर अघि बढन नेकपाका नेता किरण गुरुङ र किसान श्रेष्ठले पहलकमदी लिनुभएको थियो । गुरुङ र श्रेष्ठले पार्टी एक हुने अवस्था नरहँदा पनि गौतम अध्यक्ष ओलीकै साथमा हुनुपर्ने भन्दै भेटका लागि पहलकदमी लिनुभएको थियो । बार्तापछि प्रधानमन्त्री ओली र नेता गौतम दुवै मुस्कान दिएर नेता कार्यकर्ताको बीचमा आउनुभएपछि बालुवाटारमा यो दृष्य देख्ने सवैले बार्ता निकै फलदायी बनेको निश्कर्ष निकालेका छन ।
आजमात्रै गौतमको अभियानमा समेत साथ दिनुभएकी दासढुंगा दुर्घटनामा जननेता मदन भण्डारीसँगै जीवन गुमाउनु भएका नेकपा एमालेका तात्कालिन संगठन बिभाग प्रमुख माया ज्ञवाली प्रधानमन्त्री ओलीतिरै रहेको घोषणा गर्नुभएको थियो । ज्ञवालीलाई नेतृ निरु पालको पहलकदमीमा प्रधानमन्त्री ओलीसँग छलफल गराइएको थियो ।
नेकपा बिभाजन गरी खलनायकको भुमिकामा रहनुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले नेकपा भन्दा बाहिरको सरकार प्रमुख बनाउने खेल थाहा पाएपछि थप एक दर्जन सांसद ओलीतिरै फर्कने तयारीमा छन । यहीक्रममा ज्ञवाली फर्कनु भएको हो । अन्य सांसदहरुसँग पनि छलफल चलिरहेको छ । प्रचण्ड–माधवको पछिल्लो हर्कतबिरुद्ध लालबाबु पण्डितसमेत उभिनुभएको छ ।
उहाँले बिहीवार नै कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रचण्ड–माधवको प्रस्ताव जनमतको अपमान भन्दै बिद्रोह गर्ने घोषणा गर्नुभएको थियो । बिहिवारको बक्तब्यले नेता पण्डित पनि प्रधानमन्त्री ओलीतिरै उभिने संकेत दिएको छ । पूर्वमन्त्री पण्डित ओलीतिरै खुलेको अवस्थामा प्रचण्ड–माधव समुहमा रहेकामध्ये २१ जना सांसद ओलीतिरै आउने निश्चित देखिएको छ । आज बालुवाटारमा बामदेवको मुस्कानले यो संकेत गरेको हो ।