विद्यालयमा लगाइएको ताला खुल्यो, अंग्रेजी विषयको पढाई हुने

उर्मिला भट्टराई, सिन्धुलीः उच्च माध्यमिक विद्यालय गोलन्जोर गाउँपालिका ५ नयाँखर्कका विद्यार्थीले विद्यालयमा लगाएको ताला आज खोलीएको छ ।

हिजो माध्यमिक तहका विद्यार्थीहरुले लामो समय देखि अंग्रेजि विषय पढाई नभएको भन्दै विद्यालयमा लगाएको ताला आज खोलिएको हो । मावि तहका अंग्रेजी विषयका शिक्षक कृष्णबहादुर थापा ४५ दिनसम्म विद्यायलमा अनुपस्थिति भएपछि विद्यार्थीहरुले विरोधगर्दै विद्यालयको मुल गेटमा ताला लगाएका थिए ।

गोलन्जोर ५ का अध्यक्ष बुद्धिवहादुर पाल्पाली, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरुको संयुक्त वैठकपछि विद्यालयको ताला खोल्ने गरिएको विद्यालयका पूर्व प्रधानध्यापक लेखबहादुर थापाले बताए । उनका अनुसार आइताबार देखि अग्रेजी विषय पढाई हुने, निज शिक्षकलाई स्पष्टिकरण सहित कारबाही गर्ने, अंग्रेजी विषयको पाठ्क्रम नसकिने हुनाले विद्यालयले छुट्टै कक्षा व्यवस्था गरि पढाउने लगायतको निर्णय भएको बताइएको छ । आइतबारसम्म शिक्षक कृष्णबहादुर थापा विद्यालयमा उपस्थिति नभएमा अर्को शिक्षक व्यवस्थापन गरि अंग्रेजी विषय पढाई हुने थापाले जानकारी दिए ।

No description available.