प्रदेश २ मा १ हजार १ सय ३७ जना क्वारेन्टाइनमा

जनकपुरधाम: प्रदेश २ को क्वारेन्टाइनहरुमा संख्या बढेकोछ ।समाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार १ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन् ।होम क्वारेन्टाइनमा बस्नेहरुको संख्या १ हजार ५ सय २५ पुगेको छ ।

मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जनाए अनुसार आइसोलेशनमा १२ जना मात्र छन् ।सिरहामा ७, पर्सामा ४ र धनुषामा १ जना रहेको उनले बताए ।

तर प्रदेश प्रहरी कार्यालयको अनुसार क्वारेन्टाइनमा १ हजार १ सय ५० र होम क्वारेन्टाइनमा ७ सय २९ रहेका छन् ।आइसोलेशनमा ११ जना रहेको प्रदेश प्रहरी प्रवक्ता एसपी जयराज सापकोटाले जनाए ।

होम क्वारेन्टाइनमा रहेका मानिसहरुको निगरानी प्रहरीले गर्दै आएकोछ ।तर प्रहरी र समाजिक विकास मन्त्रालयको तथ्यांकमा धेरै फरक रहेकाले होम क्वारेन्टाइनको निगरानी समेत कमजोर रहेको देखिन्छ ।क्वारेन्टाइनमा रहेका संख्यामापनि प्रदेश प्रहरी र मन्त्रालयको तथ्यांकमा फरक देखिएकोछ ।

प्रदेश २ मा बिहिवार सम्म कुल ५ सय ३५ स्वाब संकलन भएकोछ ।त्यस मध्ये ४ सय ५४ जनाको रिर्पोट निगेटिव आएको छ ।४ जनाको रिर्पोट पोजेटिव आएको छ ।७७ जनाको रिर्पोट आउन अझै बाँकी छ ।