दुष्प्रचारप्रति खेद प्रकट

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा दाहाल–नेपाल समूहमा जान लागेको भनेर हल्ला चलाइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।

मन्त्री रायमाझीले  बिहीबार विज्ञप्ति जारी गर्दै आफ्नोबारेमा गरिएको कु–प्रचार र भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्।

‘दूरदर्शी, लोकप्रिय कार्यहरुबाट अत्तालिएर मूलधारभन्दा बाहिर सडकमा रहेका र पद बिना रहनै नसक्ने केही नेताहरु र उहाँहरुबाट सञ्चालित केही मिडिया र सामाजिक सञ्जालहरुमा आम जनतामा भ्रम फैलाउने गरी गरिएको दुष्प्रचारप्रति खेद प्रकट गर्दछौँ,’ मन्त्री रायमाझीका तर्फबाट प्रमुख स्वकीय सचिव लिला जिसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।