नगरप्रमुख र उपप्रमुखद्धारा मल वितरण गर्ने सहकारीको अनुगमन

कमलामाई नगरपालिकाले आज नगरक्षेत्रका ११ वटा स्थानमा रहेका अनुदानमा रासायनिक मल बितरण गर्ने कृषि सहकारी संस्थाको अनुगमन गरेको थियो । नगरउपप्रमुख एवम् कृषि शाखाका प्रमुख मञ्जु देवकोटाको संयोजकत्व एवम् नगरप्रमुख खड्गवहादुर खत्रीको प्रमुख आतिथ्यतामा अनुदानका रासायनिक मल बिक्री बितरणका लागि कमलामाई नगरपालिकामा सुचिकृत भएका सहकारीहरुको अनुगमन गरेको हो ।।
कमलामाई नगरपालिकाको वडा न ५,६,७ र ९ मा रहेका ६ वटा अनुदानमा रासायनिक मल बिक्री वितरण गर्ने सहकारीहरुको अनुगमन गरिएको थियो । हाल कमलामाई नगरपालिकामा ११ वटा अनुदानमा रासायनिक मल बिक्री वितरण गर्ने सहकारीहरु सुचिकृत रहेका छन् ।
अनुगमनमा कृषि समिति सदस्यहरू मेनुका तिमल्सिना र सुबोध अधिकारी तथा कृषि प्राविधिक सरोज फुयाल लगायतको उपस्थिति रहेको थियो ।