राष्ट्रपतिलाई भण्डारीलाई भेट्‍न प्रधानमन्त्री ओली शीतल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर गरेको नियुक्तिबारे छलफलका लागि ओली केही बेरअघि शीतल निवास पुगेको राष्ट्रपति निवास स्रोतले जानकारी दियो।

मंसिर ३० गते अध्यादेशमार्फत ऐन संशोधन गरेपछि ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुखमा प्रेम राई र मानवअधिकार आयोगमा टोपबहादुर मगरसहित ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेको थियो।

संयुक्त सदन कार्य सञ्चालन नियमावलीअुनसार संसदले प्रत्र प्राप्त भएको ४५ दिनभित्र कुनै निर्णय नगरेमा स्वत: नियुक्ति हुन सक्ने प्रावधान छ।