बाबु आमाको नाममा शैक्षिक प्रतिष्ठानको स्थापना, विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

तीनपाटनः शिक्षासेवी मित्रप्रसाद काफ्लेले एक कार्यक्रमका बीच आफ्ना बाबु आमाका नाममा ‘देवीप्रसाद यशोदा काफ्ले शैक्षिक प्रतिष्ठान’को घोषणा गरेकाछन् । शहिद दिवशको अबसर पारेर तीनपाटन गाउँपालिका ८ स्थित बेङ्कटेश्वर मावि बाहुनतिल्पुङमा घोषणा गरिएको कार्यक्रममा कक्षा १ देखी १२ सम्मका २४ जना विद्यार्थीहरुलाई कापी, वलपेन र पेन्सिल वितरण गरिएको थियो । त्यसैगरी विद्यालयमा उत्कृष्ठ नतिजा ल्याउने २ जनालाई २५ सयका दरले नगद, कापी र बलपेन प्रदान गरिएको शैक्षिक प्रतिष्ठानका टोकप्रसाद काफ्लेले जानकारी दिनुभयो । त्यस्तै आधारभूत तहमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शिक्षिका छलकुमारी सापकोटालाई डायरी, वलपेन र सम्मानपत्र प्रदानगर्दै दोसल्ला ओढाइएको थियो ।
कार्यक्रममा विद्यालयलाई स्यानिटाइजर, मास्क, थर्मलगन र भित्तेघडी प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष रेखराज अधिकारी र प्रधानाध्यापक भिमप्रसाद अधिकारीलाई टोपी लगाएर सम्मानित गरिएको आयोजकले जनाएकाछन् ।

May be an image of 10 people, people sitting and people standing


सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् नेकपा सिन्धुलीका प्रचारविभाग प्रमुख प्रलादकुमार पोखरेल, डिएलपिआयु (शिक्षा) सिन्धुलीका शाखा अधिकृत दुर्गाप्रसाद काफ्ले, वडा सदस्य फणीन्द्रनाथ अधिकारी, लक्ष्मणप्रसाद काफ्ले, वडा सचिव लोकेन्द्र अधिकारी, विद्यालयका प्रअ भीमप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

May be an image of 15 people, people standing, people sitting and text that says 'देवीप्रसाद यशोदा काफले शैक्षिक प्रतिष्ठान E আतਜी हम्तानरण'
शैक्षिक सामाग्री बितरणपछि सामुहिक तस्बीर खिचाउँदै ।

May be an image of 1 person, standing and outdoors

वडाध्यक्ष रेखराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य मित्रप्रसाद काफ्लेले स्वागत गर्नुभएको थियो भने सञ्चालन टोमप्रसाद काफ्लेले गर्नुभएको थियो ।
त्यसैगरी प्रतिष्ठानकै तर्फबाट तीनपाटन ११ मा रहेको जनप्रेमी मावि स्याङ्तीमा पनि कक्षा १ देखी १२सम्म अध्ययनरत २५ जना विद्यार्थीहरुलाई कापी, बलपेन र पेन्सिल प्रदान गरिएको थियो भने विद्यालयका उत्कृष्ठ दुई विद्यार्थीलाई २५ सय रुपैयाँ नगद, कापी र कलपेन प्रदान गरिएको छ । कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने आधारभूत तहका शिक्षक चुडामणी बास्तोलालाई दोसल्ला ओढाउँदै प्रमाणपत्र, डायरी र बलपेन दिएर सम्मान गरिएको थियो ।

May be an image of one or more people, people standing, people walking and outdoors


कार्यक्रममा विद्यालयलाई घडी, स्यानिटाइजर, मास्क र थर्मल गन प्रदान गरिएको थियो । विद्यालयका प्र अ श्री प्रेमबहादुर पौडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष चुक्तबहादुर थापालाई टोपीलगाएर सम्मान गरिएको कार्यक्रमको अध्यक्षता भने वडाध्यक्ष थापाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य कोमलप्रसाद काफ्लेले गर्नुभएको थियो ।

May be an image of 7 people, people sitting and people standing
No photo description available.
May be an image of one or more people and people standing
May be an image of 2 people, people standing, people sitting and outdoors
May be an image of one or more people and people standing
May be an image of 1 person, standing and indoor