न्डोनेशियाको राजधानी जकार्ताबाट अनुमानित ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ।
श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो। विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका छन्। दि जाकार्ता पोष्ट डटकले समाचार लेखेको छ
