नेपाल कम्युनिष्ट पार्टी (दाहाल नेपाल) समूहले सिन्धुलीमा आयोजना गरेको जिल्ला भेलामा तीनकन्या पार्टी कमिटीले सहभागी नहुने बताएको छ । जिल्लामा भएको कार्यक्रममा सहभागिता हुन शनिवार सिन्धुली आएका वडा कमिटी अध्यक्ष लावहादुर श्रेष्ठ, सचिव हेमविक्रम थापासहित बसेको बैठकले जिल्ला सदरमुकाममा हुने कार्यक्रममा सहभागी नहुने भन्दै फर्किएका हुन् । जिल्ला कमिटी सदस्य कर्ण आले र गिरेन्द्र ठकुरीको सहभागितामा हिजो रातमाटा प्लानिंगमा भएको वडा कमिटीको बैठकले पार्टी बिभाजनका लागि हुने कुनै पनि कार्यक्रममा सहभागि नहुने र गुटगत कार्यक्रमले आम कार्यकर्ताको भावनामाथि चोट पुगेको निश्कर्ष निकालेको हो ।
कार्यक्रममा सहभागि हुनका लागि झण्डासमेत बुझेर आएका तीनकन्या वडा कमिटीका पदाधिकारीहरु हिजो बेलुकानैं खाना खाएर फर्किएको बताइएको छ । त्यस्तै आजको कार्यक्रममा पूर्व माओवादी संवद्ध थुप्रै स्थानीय नेता कार्यकर्ता जिल्ला सदरमुकामा आयोजित कार्यक्रममा सहभागी भएका छैनन् । दुबै समूहको कार्यक्रममा सहभागिता नहुने निर्णय गर्ने तीनकन्या वडा कमिटी सिन्धुलीमा पहिलो घटना हो ।










