कमलामाई नगरप्रमुख खत्रीले सिन्धुलीमा नेकपाको (दाहाल-नेपाल समूहको) नेतृत्वगर्दे

नगरप्रमुख खड्गवहादुर खत्री । फोटोः प्रदेशखवर


निकै लामो छलफलपछि नेकपा वाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री दाहाल नेपाल समूहमा लुखेरै लाग्ने भएकाछन् । कमलामाई नगरपालिकाका वडाध्यक्ष एवम् आफु निकट पार्टी सदस्यहरुसँगको छलफलपछि नगरप्रमुख खत्री दाहाल नेपाल समूहमा लाग्ने पूर्व एमाले पक्षका लोकप्रिय नेता मानिन्छन् ।
साथीहरुको माधव नेपाललाई अध्यक्ष मानेर जानुपर्छ भन्ने सुझाव सल्लाहका आधारमा सामूहिक निर्णय गरेको नेपाल निकट एक जिल्ला कमिटी सदस्यले भने । पार्टी केन्द्रमा प्रचण्डले माधव नेपाललाई अध्यक्ष बनाएझैं सिन्धुलीमा नगरप्रमुख खत्रीलाई जिल्ला पार्टी अध्यक्ष बनाएर लैजाने तयारी रहेको संवद्ध स्रोतले बताएको छ । दाहाल नेपाल पक्षमा खुलेरै लागेका पूर्व एमालेका गणेश पहाडी र कमलजंग राईलाई अध्यक्ष बनाएर लैजाँदा त्यसले कुनै प्रभाव पार्ने नदेखिएपछि पूर्व माओवादी पक्षपनि खत्रीलाई अध्यक्ष मानेर जान सहमत भएको बताइएको छ । मेयर खत्रीले दाहाल नेपाल समूहको नेतृत्व गरेपछि पूर्व माओवादी पक्षले पनि नेतृत्व स्वीकार्ने र पूर्व एमाले पक्षबाट कार्यकर्ताको ठूलै समूह आउने निश्कर्ष निकालिएको हो ।