नेकपामा आएको विभाजनसँगै सिन्धुलीमा पनि आज आफ्ना समूहले अलग अलग कार्यक्रमको आयोजना गर्दैछन् । सत्तारुढ नेकपाको ओली पक्षले सिन्धुलीका ९ वटै स्थानीय तहमा एकैसाथ विहान १० बजे भेलाको आयोजना गरेको छ भने दाहाल नेपाल पक्षले सिताराम पार्टी प्यालेसमा जिल्ला स्तरिय भेलाको आयोजना गरेको छ ।
ओली पक्षले युवा संंघका सह संयोजक एवम् पूर्व मन्त्री महेश बस्नेतलाई बोलाएर युवा विद्यार्थीका नाममा सिन्धुली सदरमुकाममा आफ्नो बलियो उपस्थिति जनाइसकेपछि दाहाल नेपाल समूहले पनि सदरमुकाममा आफ्नो उपस्थिति जनाउन पनि जिल्ला स्तरीय कार्यक्रम आयोजना गरिएको दाहाल नेपाल पक्षमा खलेरै लागेका एक नेताले बताए । उनका अनुसार दाहाल नेपाल पक्षको जिल्लामैं पहिलो कार्यक्रम मरिण गाउँपालिकामा सम्पन्न भइसकेको छ । आजको कार्यक्रममा सहभागीताका लागि दाहाल नेपाल पक्षले स्थानीय तहका वडाध्यक्षहरुलाई फोन गरेर कार्यक्रममा उपस्थित हुन आग्रह गरेको थाहा लागेको छ । त्यस्तै पूर्व संघीय सांसद गणेश पहाडीले पनि आफ्नो निर्वाचन क्षेत्रबाट अधिकतम् सहभागिता गराउनका लागि स्थानीय पार्टी कमिटीका सदस्य एवम् वडा सदस्यहरुलाई फोनमार्फत सम्पर्क गर्नुभएको दुद्यौलीका एक वडा अध्यक्षले बताएका छन् । तर उनले पार्टी विभाजन हुने कार्यक्रममा आफु सहभागि नहुने जानकारी दिएको थाहा लागेको छ । आजको जिल्ला स्तरिय कार्यक्रम भव्य हुनेमा दाहाल नेपाल पक्ष ढुक्कछ ।
त्यस्तै स्थानीय पालिका पार्टी कमिटीलाई ओली पक्षले गाउँमा भएको कार्यक्रममा सहभागी गराउन सजिलो हुने भन्दै पालिका स्तरमैं कार्यक्रम आयोजना गरेको बताउँदै आएको छ ।
विगतमा गाउँ गाउँबाट स्थानीय नेता र कार्यकर्तालाई सदरमुकाम ल्याउने र लैजाने खर्चिलो कार्यक्रम गर्नुभन्दा स्थानीय स्तरमैं गरिएका कार्यक्रम बढी प्रभावकारी हुने निश्कर्ष निकालेका हुन् । यतिवेला हामीले कसैलाई आलोचना र दबाब दिएर कार्यक्रममा सहभागी हुन भनेका छैनौं, स्वस्फूर्त रुपमा आउने साथीहरुलाई स्वागत गर्छौ । विचार सिद्धान्त, विकास सम्वृद्धिका लागि पार्टीलाई एक ढिक्का बनाउनु पर्छ अहिले कुन कुन नेताहरुले कमजोरी गरेका छन्, त्यो सबै कुरा कार्यकर्ता तहलेसमेत बुझिसकेका छन्, त्यसैले हामीले केही भन्नै पर्दैन, ओली पक्षीय सिन्धुलीका एक नेताले टिप्पणी गरे । दाहाल नेपाल भन्दा एक कदम अगाडि गाउँ गाउँमा पुगेको ओली पक्ष पूर्व एमालेलेलाई पहिलो चरणमा जोगाउने र माओवादी तर्फकालाई आफुहरुसँगै राख्ने रणनीतिमा लागेको देखिन्छ । समस्या पमाअर्दा त हामीनैं चाहिन्छ, अरु कसैले केही गर्न सक्तैन भन्दै दाहाल नेपाल पक्षले अहिले स्थानीय पार्टी कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षित गराउने प्रयत्न थालेको छ । दाहाल नेपाल पक्षको कार्यकर्ता आफ्नो पक्षमा तान्ने मन्त्रका अगाडि ओली पक्षभने कमजोर मानिन्छ । तर ओली पक्षले भने विभाजनले पूर्ववर्ती समूहमा कुनै ठूलो असर नपर्ने निश्कर्ष निकाल्दै त्यसको २० प्रतिशत असर परेपनि त्यसले जिल्लामा खासै प्रभाव नपार्ने ठम्याउँदै आएको छ ।
सिन्धुली जिल्लामा नेकपा औपचारिक रुपमा दुई चिरा हुने अबस्थामा पुगेपछि केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य मात्रै होइन, पालिका कमिटी र वडा तहसम्म विभाजन हुने देखिएको छ । आज दुबै पक्षले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउने स्थानीय नेता कार्यकर्ताहरुलाई आ आफ्नो पक्षमा रहेको भन्ने बुझाई ओली र नेपाल दाहाल पक्षले बनाउने देखिन्छ । तर सिन्धुलीका इमान्दार र निष्ठावान स्थानीय नेकपाका नेता कार्यकर्ताको ठूलो समूह जसले स्थानीय समुदायमा पार्टीलाई टिएकाएका छन्, उनीहरु भने कार्यक्रममा सहभागि नहुने देखिएको छ । जिल्ला तहबाट नेताहरुको फोन आउन थालेपछि वडाध्यक्षहरुले फोन उठाउनै छाडेका छन् । यसले पनि के देखाउँदछ भने विगतमा आफ्नो पक्षका नेता जता लाग्यो कार्यकर्ताहरु त्यसकै पछाडि लाग्ने परम्पारा भने यसपटक देखिएको छैन ।











