भारतका किसान नेता आजदेखि भोक हड्तालमा

भारतमा तीन कृषि कानूनको विरोधमा आन्दोलनरत किसानले सोमबार भोक हड्ताल सुरु गरेका छन् ।

आन्दोलनमा रहेका संगठनहरुको संयुक्त किसान मोर्चा (एसकेएम) ले तीनै कानूनको विरोधमा प्रदर्शन स्थलमा भोक हड्ताल गर्ने र एनडीएका सांसदलाई सम्पर्क गर्ने बताएको छ । दिल्ली–हरियाणा सीमा नजिक सिंघुमा किसानहरुको ठूलो भिड छ ।

किसान नेताहरुले डिसेम्बर २६ र २७ मा एनडीएका नेताहरुलाई सम्पर्क गरेर भाजपालाई कृषि कानून फिर्ता लिन बाध्य पार्न आग्रह गर्ने बताएका छन् । सोमबारदेखि हरेक दिन ११ जना किसान नेता भोक हड्तालमा बस्ने छन् ।