रौतहट बम काण्डमा थप एकजना आरोपित १३ वर्षपछि पक्राउ परेका छन्। पुर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आफताब आलमका भाइ ५५ वर्षीय मोहम्मद महताव आलमलाई नेपाल भारत सिमाबाट पक्राउ गरेको छ।
प्रदेश प्रहरीबाट खटेको प्रहरी टोलीले नेपाल भारत सिमानामा पर्ने रौतहटको बौधीमाई नगरपालिका वडा नं. ७ बडकी बंगुल एरियाबाट आलमलाई पक्राउ गरेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।
२०६४ चैत २८ गतेको संविधानसभाको चुनावमा धांधली गरी जित्न रौतहटको साविक राजपुर फरदहवा वडा नं. ४ स्थित शेख इन्द्रिसको गोठ घरमा बिस्फोटक स्टोर गरी बम बनाउने क्रममा बिस्फोट हुँदा घाइते भएका १५-१६ जना र मृत्यु भएका २-३ जनालाई ट्याक्टरमा राखी नजिकैको ईटा भट्ठामा जलाएका थिए।
पक्राउ परेका आलमले आफ्नो दाईको निर्देशन अनुसार घटना लुकाउने उद्देश्यले विस्फोटमा घाइते भएका र मृतकलाई ईटा भट्ठामा जलाएको स्विकार गरेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिए। यस घटनामा थप अनुसन्धान भइरहेको उनले बताए।
आफ्नो पुस्तक ‘किपिङ फेथ’ मा उनले लेखेका छन्: “क्याम्प डेभिडपछि बिरलै कुनै मुख्य सम्मेलन भयो होला जहाँ हामीलाई विदेशी नेताहरूको व्यक्तिचित्र र त्यसको समीक्षा नगराइएको होस्।” उनलाई सन् १९७९ मा इन्टेलिजेन्स मेडल अफ मेरिट प्रदान गरिएको थियो। त्यसपछि उनी जोर्ज वासिङ्टन युनिभर्सिटीको अन्तर्राष्ट्रिय मामिला कार्यक्रममा राजनीतिक-मनोविज्ञान कार्यक्रमको निर्देशक हुन गए। तर अमेरिकी अधिकारीले पछि उनलाई इराक र सद्दाम हुसैन जोडिएका निर्णयमा सघाउन भन्दै बोलाए।
सन् २००२ मा बीबीसीसँग कुरा गर्दा पोस्टले हुसेनको बाल्यकाल निकै उतारचढावपूर्ण भएको बताएका थिए। हुसेन परिवारले पढाउन अस्वीकार गरेपछि आफ्नो घर छाडेर काकासँग गएर बसे जसले उनको दिमागमा ‘प्रभुताका सपनाहरू भर्ने काम’ गरे। पोस्टले त्यस्ता ठूल्ठूला कल्पनाले हुसेनलाई घृणित आत्मरति बोकेका व्यक्तिमा परिणत गराएको बताएका थिए।
राष्ट्रपतिको समीक्षा
उनले लेखेका १४ वटा पुस्तकमा आतङ्कवादीका दिमागदेखि आफू केन्द्रित नेताहरूका मनोअवस्था केलाइएको छ।
उनले अनुमतिबिनै सार्वजनिक व्यक्तित्वका मनोस्वास्थ्यबारे प्रतिक्रिया जनाएको भन्दै आलोचना समेत खेपेका थिए। तर पोस्टले मौन बस्नु अनैतिक काम हुने तर्क गरेका थिए। सन २०१७ मा उनले द न्यूयोर्कर पत्रिकासँग भनेका थिए: “सजग गराउनु जिम्मेवारी हो।” उनले राष्ट्रपति ट्रम्पबारे भनेका थिए: “नाम लिन नहुने ती व्यक्तिको झोक्किने शैली र योग्यताबारे गम्भीर प्रश्न उठेका छन्।”
सन् २०१९ मा उनले ट्रम्पले चुनाव हारेमा उनले छिट्टै त्यसलाई स्वीकार नगर्ने आकलन गर्न सकिने बताएका थिए । उनले भनेका थिए: “ट्रम्पले चुनावको वैधतालाई नै पनि नस्वीकार्न सक्छन्।”