आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १०, ओखलढुंगामा २, झापामा २२, ताप्लेजुङमा ३, तेह्रथुममा १, पाँचथरमा १, मोरङमा २०, संखुवासभामा ६, सुनसरीमा ११, धनुषामा ३, पर्सामा २, बारामा ९, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ५, सर्लाहीमा २, सिरहामा ३, काठमाडौँमा ३४४, काभ्रेमा १५, चितवनमा ३६, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ४, भक्तपुरमा ३१, मकवानपुरमा ९, रामेछापमा १ र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकमा ५, सिन्धुलीमा १, कास्कीमा ३०, गोरखामा ४, तनहुँमा १०, नवलपरासीपूर्वमा ८, पर्वतमा ११, लमजुङमा ५, बागलुङमा ९, स्याङ्जामा ६, अर्घाखाँचीमा १५, कपिलवस्तुमा २८, गुल्मीमा २, दाङमा २८, नवलपरासीमा १०, पाल्पामा १४, प्यूठानमा १२, बर्दियामा ३, बाँकेमा ९, रुपन्देहीमा ५३, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ४, दैलेखमा २, मुगुमा ४, सुर्खेतमा १६, अछाममा २२, कञ्चनपुरमा २७, कैलालीमा २४, डडेल्धुरामा १२, बझाङमा १०, बाजुरामा १ र बैतडीमा २ जना कोरोना संक्रमित थपिएका छन्।