आदित्य नारायणले विवाहपछि श्रीमती श्वेतालाई दिए धम्की !

आदित्य नारायण र श्वेता अग्रवाल आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । डिसेम्बर १ तारिखमा यी दुईले विवाह गरेका थिए । अब श्वेताको एउटा भिडियो चर्चामा छाएको छ जसमा उनी विवाह पछिका केही संस्कार निभाइरहेको देखिएकी छिन् । भिडियामो श्वेताले आफ्नी सासु दिपा नारायणसँग मिलेर केही बनाइरहेको देख्न सकिन्छ ।

आदित्यले यो मौकामा श्वेतासँग ठट्टा गर्दै भन्छिन्, ‘परीक्षणमा केही कमी हुनु हुँदैन नभए  आफ्नो घर जाउ ।’ त्यसपछि सबैले उनलाई सच्याउँदै ‘घर होइन माइती’ भन भन्छन् । त्यसपछि आदित्यले हो हो माइती जाउ भन्छन् । आदित्यको कुरा सुनेर श्वेताले पनि आफ्नो हाँसो रोक्न सक्दिनन् ।

श्वेतासँग विवाह गरेपछि आदित्य निकै खुसी छन् । श्वेतालाई विवाह गर्नु आफ्नो सपना साकार भएको बताएका छन् । आदित्यले विवाह अघि श्वेतालाई ११ वर्ष डेट गरेका थिए ।

हालै बम्बे टाइम्ससँगको कुराकानीमा आदित्यले भने, ‘श्वेता र म विवाहित छौं र यो सपना साकार भएको झैं महसुस भइरहेको छ । मेरो लागि यो एउटा सपना जस्तो थियो जुन साकार भएको छ । म श्वेताबाहेक कोही सँग पनि आफ्नो जीवन बिताउने बारे सोच्न पनि सक्दिनँ । उनले मलाई एक राम्रो मानिस बनाउन मद्दत गरेकी छिन् ।’

विवाहका बेला आदित्य नारायणको सुरुवाल च्यात्तिँदा उनले आफ्ना साथीको मद्दत लिनुपरेको थियो । स्पटबोयसँगको अन्तर्वार्तामा आदित्यलाई विवाहका बेला सबैभन्दा स्मरणीय पल के थियो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले मेरो साथीको सुरुवाल लगाउनु परेको थियो । जब श्वेतालाई वरमाला लगाउनका लागि मलाई साथीले उठाए तब मेरो सुरुवाल च्यात्तिएको थियो, त्यसपछि मण्डप घुम्ने बेला मैले साथीको सुरुवाल लगाउनु परेको थियो । धन्य, मेरो साथी र मेरो कम्मर र उचाई उस्तै उस्तै थियो । ’#aditya narayan