पछिल्लो समय दक्षिण भारतीय चलचित्रको क्रेज बलिउडको भन्दा कम छैन। केही समय अगाडि प्रदर्शन भएको केजिएफ – २ र आरआरआरले विश्वभरमा व्यापक कमाइ गर्याे। यी चलचित्र प्रदर्शन भएसँगै दक्षिण भारतीय चलचित्रका कलाकारहरूको पनि चर्चा हुने गरेको छ।
चलचित्रको व्यावसायिक पक्षको ठूलो हिस्सा ओगटेको दक्षिण भारतीय चलचित्रका कलाकारको कमाइ पनि धेरैको चासोको विषय हो। त्यहाँ दक्षिण भारतीय चलचित्र उद्योगका अभिनेत्रीहरूले आफ्नो कामबापत कति पारिश्रमिक लिने गरेका छन्, त्यस बारेमा यहाँ छाेटकरीमा वर्णन गरिएकाे छ। अभिनेत्री सामान्था रुथ प्रभु दक्षिण भारतकी सुन्दर र सक्रिय नायिका हुन्। उनले एउटा चलचित्रमा काम गरेबापत साढे ३ करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छन्। उनको नेट वर्थ ८० करोड रुपैयाँ रहेको छ। दक्षिण भारतकी अर्की नायिका रकुल प्रित दक्षिण भारत र बलिउड दुबै ठाउँमा चर्चित छिन्। उनले पनि एक चलचित्रमा काम गरेबापत साढे ३ करोड रुपैयाँ कमाउने गरेकी छन्। उनको नेटवर्थ ४५ करोड रुपैयाँ रहेको छ।
पछिल्लो समय चर्चामा रहेकी नायिका पूजा हेगडे तेलुगु र तमिल चलचित्रको साथसाथै बलिउडमा पनि काम गर्छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार नायिकाले एउटा चलचित्रमा काम गरेबापत ३ देखि ५ करोड रुपैयाँ फि लिने गरेकी छन्। उनको नेट वर्थ ५१ करोड रुपैयाँ रहेको छ। यस्तै, दक्षिण अभिनेत्री अनुष्का सेट्टी काम र नाम दुवैले चर्चित छिन्। उनले अभिनय गरेको बाहुबलीका दुवै सिरिज बम्पर हिट भए। अनुष्काले कामको शिलशिलामा एउटा चलचित्रमा काम गरेबापत ४ करोड लिने गरेकी छन्। हाल उनको नेट वर्थ १ सय ४० करोड रहेको छ।
यस्तै, दक्षिण भारतीय चलचित्रकी उदाउँदी नायिका रश्मिका मन्दाले एक चलचित्रमा काम गरेबापत ३ करोड पारिश्रमिक लिने गरेकी छन्। उनले पछिल्लो समय काम गरेको चलचित्र ‘पुष्पा’ हिट भएको छ। उनकाे नेटवर्थ ४५ करोड रुपैयाँ रहेकाे छ। दक्षिण भारतकी अर्की चर्चित नायिका काजल अग्रवालले अभिनय क्षेत्रमा अलग्गै छाप छोडेकी छन्। काजल एक प्रोजेक्टमा काम गरेबापत २ करोड रुपैयाँ पारिश्रमिक लिने गरेकी छन्। उनको नेटवर्थ ८३ करोड छ। श्रुति हसनले एउटा कार्यक्रममा काम गरेबापत २ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेकी छन्। अहिले उनी ६० करोड रुपैयाँकी मालिक हुन्।